सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन समृद्धि

हिन्दु र मुस्लिमको आस्था र सद्भाव, ‘हजरत कम्मर शाह बाबा मजार’

मजारमा भाकल गर्दा आत्मा शान्तिको महसुस हुने विश्वास भएकाले हिन्दूहरू पनि मजार पुगेर भाकल गर्ने गर्छन् ।

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दु र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा रहेको छ । यहाँ हरेक बर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ । कम्मर शाह मजार एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र हुन पुगेको छ । सरकारको उत्कृष्ट १०० नयाँ गन्तव्यमा कम्मर शाह मजार परेकोमा डुडुवाबासीका लागि गौरवको विषय भएको छ ।

हिन्दु र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौं दर्शनार्थी आउने गरेका छन् । यहाँ हरेकबर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ । यहाँ हरेकबर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ । हिन्दु र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौं दर्शनार्थी आउने धार्मिक पर्यटकीय क्षेत्र अन्तर्गत कम्मर शाह मजार पर्दछ ।

मजारमा पूजापाठका लागि काठमाडौं, भारतको राजधानी दिल्ली, मुम्बई, राजस्थान, पटना, लखनऊ लगायत सहरबाट आशिर्वाद लिन आउने गका छन् । निम्न वर्गदेखि उच्च घरानाका समेत पूजापाठका लागि आएको पाइन्छ । भक्तजनहरु मजारमा आशिर्वाद लिन, माग्न वा भाकल गर्न, सुख, शान्ति प्राप्तिका लागि आउने गरेका छन् । दीर्घरोगका बिरामी, उपचार गराएर निको नभएका बिरामी निको हुने विश्वास लिएर मजारमा आउने गरेका छन् ।

बाँके जिल्ला धार्मिक पर्यटनको सम्भावना भएको जिल्ला हो । डुडुवा गाउँपालिका–५ कम्दीस्थित बाबा कम्मर शाह मजार हिन्दू र मुस्लिम समुदायको आस्थाको प्रतिकको रुपमा रहेको छ । बिभिन्न धर्म, सम्प्रदायबीचको अनेकतामा एकता कायम गर्न बाँके सबैको चासोको केन्द्र बनेको छ । डुडुवा गाउँपालिकाको वडा नं. ५ मा हिन्दुसँगै ईस्लाम धर्मावलम्बीहरुको बसोबास रहेको छ । बाँकेलाई सामाजिक सद्भावको रुपमा विकास गर्ने अभियान देख्न सकिन्छ ।

बाबा कम्मर शाह बाबा मजारमा हरेक बर्ष धार्मिक मेला लाग्दछ । सो मेलाको सञ्चालक हिन्दु र ईस्लाम धर्मावलम्बीहरु एकापसमा मिलेर सहकार्य गरेर गर्दछन् । मेलामा भारतका साथै बाँकेका विभिन्न स्थानबाट हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरू सहभागी हुन्छन् । कम्मर शाह बाबाले सयौँ बर्ष पहिले उक्त स्थानमा कुटी बनाएर बसेको र कम्दी लगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीयहरू बताउँछन् ।

यादवहरूको परिवारमध्ये कसैलाई स्वास्थ्य समस्या देखिँदा कम्मर शाह बाबाकै शरणमा जाँदा सबै समस्या दूर हुने गरेको उनीहरूको विश्वास छ । त्यसपछि कम्मर शाह बाबा त्यहाँबाट अन्यत्र जाने भनेपछि स्थानीयवासीले सोही स्थानमा बस्न बिन्ती गरेकाले ती बाबाले आफू गएपनि आफ्नो प्रतिकको रूपमा एउटा कम्बल छोडेर गएको र सबैले त्यही कम्बललाई कम्मर शाह बाबा मान्दै आएको स्थानीयवासीहरु बताउँछन् ।

कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादव लगायत विभिन्न समुदायका मानिसहरूले प्रत्येक बर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायतका कार्य गर्दै आएको स्थानीयवासी सुनिल यादवले बताए । उनले भने, ‘मेरो हजुरआमा, आमा सबै जानुहुन्छ मन्नत माग्न म पनि मेलाको रमाइलो हेर्न कहिल्यै छुटाउँदिन ।’ मजारमा भाकल गर्दा आत्मा शान्तिको महसुस हुने विश्वास भएकाले हिन्दूहरू पनि मजार पुगेर भाकल गर्ने गर्छन् ।

‘जुन धर्मको आस्था केन्द्र भए पनि एउटै हुँदोरैछ मलाई कुनै फरक महसुस भएन,’ मजारमा भाकल गर्न पुगेकी नेपालगन्जकी पूजा केसीले भनिन्, ‘हिन्दूहरूको मन्दिरजस्तै मजारमा पनि आत्मा शान्तिको महसुस भयो ।’ कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र नेपालगन्जबाट ८ किलोमिटर पूर्वमा रहेको छ । उक्त मजारमा पनि स्थानीय श्रद्धालु मात्र नभएर छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट पनि हजारौं श्रद्धालु आउने गर्छन् ।

सरकारले ओझेलमा परेका पर्यटकीय स्थलको प्रवर्धनका लागि तीन बर्षअघि १०० वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने क्रममा कम्मर शाह बाबा मजारलाई पनि सूचीकृत गरिसकेको छ । स्थानीय सरकारले यसको संरक्षण, प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको छ । तर, स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा सोचेंअनुसार काम गर्न नसकिएको वडा नं. ५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए ।

सरकारले कम्मर शाह मजारलाई १०० पर्यटकीय गन्तव्यको सूचीमा राखे पनि प्रदेश र संघीय सरकारले घोषणा कार्यान्वयनमा ध्यान नदिँदा यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा कमै विकास भएको देखिन्छ । हिन्दू र मुस्लिम समुदायको सामाजिक सद्भावको नमुनाका रूपमा रहेको कम्मर शाह मजारलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न तीनै तहका सरकारले ठोस योजना ल्याएर कार्यान्वयनमा लैजान जरुरी छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार ०८:३५