सूचनाको शक्ति - The Power Of Information

        

तालिबानले गर्‍यो अफगानिस्तानका प्रहरी प्रमुखको हत्या

काठमाडौं । अफगानिस्तानका प्रहरी प्रमुख जनरल हाजी मुल्ला आचाकजाईलाई तालिबान लडाकूहरूले हत्या गरेका छन् । घटनाको भिडियोमा आचाकजाईलाई हात बाँधिएको, आँखामा पट्टी लगाइएको र घुँडा मारेर बस्न लगाइएको देखिन्छ ।

उनको पछाडि दुईजनाले कुराकानी गरेको सुनिन्छ । आचाकजाईले मृत्यु कुरिरहँदा बन्दूकमा गोली लोड गरेको आवाज सुनिन्छ । बादगिस प्रान्तका कमान्डर आचाकजाईलाई तुर्कमेनिस्तान सीमा नजिक तालिबानले बन्दी बनाएको विश्वास गरिएको छ ।

अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ । तालिबानले पुरानो सरकारका मानिसविरुद्ध प्रतिशोध नलिने भनी आश्वस्त गराएको भए पनि धमाधम हत्या गरिरहेका छन् । आचाकजाईलाई थुप्रै गोली हानेर तालिबानले मारेका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १७:२४