सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक कामका लागि हिमालयन बैंकको सहयोग

बाँके । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको १ लाख ५० हजार रुपैयाँको वित्तिय सहयोग गरेको छ ।
उक्त सहयोग रकम बराबरको चेक बैंकको नेपालगन्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सहयोगपछि प्रतिक्रिया दिँदै मेयर डा राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटिभी जडानजस्ता कार्य सबै नगरबासी तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आह्वान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०७:१४