काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
भण्डारीले सरकारले सिफारिस गरेको १ दिनपछि ’राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालखबरलाई जानकारी दिए ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत संख्याको समर्थन भए दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याएको हो ।
।