सूचनाको शक्ति - The Power Of Information

        

संसद छल्दै अध्यादेश ल्याउनु गलत होः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर गलत काम गरेको बताएका छन्। उनले संसद अधिवेशन हठात् अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।

‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत‚’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत।’

नेता थापाले केपी शर्मा ओली सरकारले उक्त विधेयक ल्याउँदा विरोध गर्नेहरुले आज शेरबहादुर देउवा सरकारले ल्याउँदा समर्थन गर्ने हक नभएको बताएका छन्।

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ‚’ ‚’ उनले उल्लेख गरेका छन्‚ ‘सँगैमा, गत वर्ष वैशाखमा यसरी नै  संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।

विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १०:३७