सूचनाको शक्ति - The Power Of Information

        

सांग्रिला बैंक र एपोलो अस्पतालबीच सेवामा सम्झौता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भारतको एपोलो अस्पतालबीच सेवा आदानप्रदानका बिषयमा सम्झौता भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतापछि एपोलो अस्पतालमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा उक्त सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्विपक्षिय सहमति भएको हो । सम्झौता अनुरुप बैंकका ३ लाखभन्दा बढी ग्राहकहरु, १५ हजारभन्दा बढी शेयरधनीहरु, ४ सयभन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन् ।
उक्त सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनुपर्नेछ । एपोलो अस्पतालका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रबाट सेवाग्राहीले अस्पतालसँग सिधैं समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम समय लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट अस्पताल वा होटलसम्मको यातायातको सुविधा अस्पतालले नै प्रदान गर्ने सहमति भएको छ ।
नेपालका धेरै उच्च पदस्थ व्यक्तिहरुले एपोलो अस्पतालबाट सेवा लिइसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईले बताए । सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०७:०२