बाँके । बाँकेको कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रमको सुरुवात भएको छ ।
“कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यक” भन्ने नाराका साथ कोहलपुरमा मंगलवारदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना मुलक अभियान शुरु भएको छ ।
रेरी बाँके र कोहलपुर जेसीज वर्ष २०२१ को आयोजना, कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वय र कारितास नेपालको आर्थिक सहयोगमा कोहलपुरमा सचेतना सम्बन्धी कार्यक्रम सुरु भएको हो ।
सो अभियान आवश्यकता अनुसार निरन्तर रुपमा संचालन हुने जनाईएको छ । कार्यक्रममा मास्क नलगाएका आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण समेत गरिएका थियो ।
।