सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा मंगलवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, ७ डिस्चार्ज

कुल संक्रमितको संख्या १७ हजार ८ सय २२

बाँके । बाँकेमा मंगलवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०६ नमुना परिक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा २३, मेडिकल कलेज कोहलपुरमा ६ र बागेश्वरी प्रयोगशालामा ७ जना गरि थप ३६ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । मंगलवार संक्रमण पुष्टि भएका मध्य बाँकेका ११ जना छन् ।

योसंगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय २२ पुगेको छ । यस्तै मंगलवार ७ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ८९ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १४९ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामीको संख्या २४ छ भने मध्यम बिरामी २५ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:२६