सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश २ का प्रमुखबाट राजेश बर्खास्त, मिश्र नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त गरेकी छिन् । उनको ठाँउमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

झालाई पदमुक्त गरी उनको ठाँउमा मिश्रलाई नियुक्त गरिएको शीतल निवासले जनाएको छ ।

महोत्तरीका पूर्व सांसद पनि रहेका मिश्र नेपाली कांग्रेसका संस्थापक नेता स्व. रामनारायण मिश्रका छोरा हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा पहिलो पटक बीपी कोइरालाको सरकार बन्दा मिश्र पनि मन्त्री बनेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १४:०१