सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा ५ लाख २० हजार बढिमा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख २० हजार ४०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ३ हजार ६९७ जना थपिएका छन् ।

सोही अवधिमा भारतमा २४ हजार ७२५, इरानमा ४१ हजार १९४ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ८६ लाख ५६ हजार ४६४ जना पुगेको छ।

साथै कोरोना भाइरस संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६११ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २४५ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा २१३, भारतमा ४३८ र ब्राजिलमा ३६३जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोनाका कारण हालसम्म मृत्यु हेनेको सँख्या ४३ लाख ८२ हजार ९९७ पुगेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०९:०६