सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सोमवार ३१ जना संक्रमित थपिए

बाँके । बाँकेमा सोमवार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा १९, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी प्रयोगशालामा ४ जना गरि थप ३१ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १६ जना छन् । बर्दियामा एक वर्षीया बालिकासहित ७ जना, दाङका ३ जना र अन्य जिल्लाका ५ जना रहेका छन् ।

यो संगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ११ पुगेको छ । सोमवार ९ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ८२ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १४२ रहेको ओलीले बताए । सिकिस्त बिरामीको संख्या २१ छ भने मध्यम बिरामी २९ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १८:३८