सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भर्खरै यस्तो बताएका हुन् ।

“अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो ।

सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।”

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:२०