सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ६६७ वटा विकास योजना सञ्चालन


बाँके । नेपालगन्ज उपमहानगरपालिकाले ६६७ वटा विकास योजना सञ्चालन गरिरहेको जनाएको छ । नगर प्रमुख डा धवलशम्शेर राणाका अनुसार योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्रे, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक वसपार्कको निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मतसम्भार र सामाजिक विकास कार्यक्रमलगायत छन् ।
त्यसैगरी नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतका कार्यक्रम पनि योजनामा राखिएको नगरपालिकाले जनाएको छ । योजनाअन्तर्गत वडावडामा विकास निर्माण र सामाजिक विकासका कार्यक्रम सञ्चालनका लागि कूल २३ वटा वडा कार्यालयका लागि करिब रु १८ करोड बजेट विनियोजन गरिएको पनि नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०४:३१