काठमाडौं । तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको छ ।
राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् । तालिवानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिवानको धम्कीपछि राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका थिए ।
अफगानिस्तानका विभिन्न क्षेत्र कब्जा गरेको तालिवान हिजो काबुल छिरेको हो । तालिवान काबुल छिरेलत्तै अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन् । केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइरहेका छन् ।
।