एजेन्सी । जर्मनी तथा बायर्न म्युनिखका लेजेण्ड स्ट्राइकर गर्ड मुलरको निधन भएको छ। मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो।
मुलरले बायर्नका लागि ४ सय २७ बुन्डेसलिगा खेलमा कीर्तिमानी ३ सय ६५ गोल गरेका थिए। उनले युरोपियन खेलमा ७४ खेलमा ६६ गोल गरेका थिए। विश्वकप विजेता मुलरले वेस्ट जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए।
वेस्ट जर्मनीले १९७४ को विश्वकप जित्दा मुलरले निर्णयक गोल गरेका थिए। यस्तै १९७२ मा युरोकप जित्दा उनी टिममा रहेका थिए।
एक पटकको बालोन डीुओर विजेता मुलरले क्लब फुटबलमा बायर्नका लागि सबै उपाधि जितेका थिए।
।