सूचनाको शक्ति - The Power Of Information

        

ईपीएल खेल्ने खेलाडीको तलब २० प्रतिशतले बढ्यो

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ ।

ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो ।

कोरोना महामारीको कारण खेलाडीले ब्यहाेरेकाे कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो । ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मान्यता दिइसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०८:४७