सूचनाको शक्ति - The Power Of Information

        

पवनदीपले जिते १२ औं संस्करणको इन्डियन आइडलको उपाधि

एजेन्सी । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्।

आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ०८:२१