सूचनाको शक्ति - The Power Of Information

        

नेपाली काँग्रेसमा हलचलः

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

यी हुन् राजीनामा दिएका २२ केन्द्रीय सदस्यहरु

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गरेका हुन् ।

पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि हामीलाई अधिकार दिइएन, आमन्त्रित केन्द्रीय किरण पौडेलले भने, विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा गरेका हौं ।’

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिकलण्ठमा जारी छ ।

यी हुन् सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु

१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेख प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १९:४९