सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ०८:५१