सूचनाको शक्ति - The Power Of Information

        

अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको हो ।

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीलाई खोजेका थिए भने प्रधानमन्त्रीलाई बधाइ दिने बेलामा समेत ओलीको अनुपस्थितिप्रति प्रश्न उठाएका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १२:०६