सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

सोमवार बाँकेमा २३ जना कोरोना संक्रमित थपिए, ७ जना डिस्चार्ज

संक्रमितको संख्या १७ हजार ७ सय २५

बाँके । बाँकेमा सोमवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगलाशामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ११८ नमुना परीक्षण गर्दा १९ र मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको छ ।

बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये ६ जना बाँकेका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय २५ पुगेको छ । यस्तै सोमवार थप ७ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ९३ पुगेको छ । यस्तै थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३२३ पुगको छ ।

जिल्लामा १२ संक्रमित गम्भीर छन् भने १८ जना मध्यम खाले बिरामी हुन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ । जिल्लामा सक्रिय संक्रमित १२९ जना रहेको फोकल पर्सन वलीले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १५:४३