सूचनाको शक्ति - The Power Of Information

        

डि.पी. दाहालको तीज गीतमा नयन र अञ्जलीको फिलिली डान्स (भिडियोसहित)

काठमाडौं । गीतकार डि.पी. दाहाल (परिश्रमी) ले तीजको अवसरमा चर्चित मोडलद्धय नयन डि.सी. र अञ्जली अधिकारीलाई फिलिलि नचाएका छन् ।

दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा फिलिली नाचम्ला बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन् । हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन् ।

गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ । स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।

गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ०८:५९