काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारतसंगका मूख्य नाकाहरुमा कडाई गरिए पनि अन्य नाकाहरु भने सामान्य अवस्थामा झैं छन् ।
रुपन्देहिमा सुनौली–बेलहिया नाकामा चेकजाँच गरिने भए पनि अन्य नाकाहरुमा निर्वाध आवत जावत भैरहेको छ ।
बेलहिया नाकाबाट मात्र दैनिक करिब एक हजार २ सय जना नेपाल आउने र करीब सात सय भारत जाने गरेका छन् । तर जिल्लाका अन्य नाका तथा चोर बाटोबाट आवत जावत गर्नेको संख्या निकै बढी रहेको छ ।
त्यस्तै सुदूरपश्मिको त्रिनगर, गड्डाचौकी नाकामा पनि केही कडाई गरिए आवत जावत भने जारी नै छ ।
यता, पूर्वका काँकडभिट्टा र जोगवनी सिमानाका भने सुनसान रहेका छन् । कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्र सिमा प्रवेश गर्न दिइएको छ ।
यी नाकाहरुबाट आयात निर्यात भने रोकिएको छैन । यस्तै सुनसरीका मूख्य नाकाहरुमा पनि कडाई गरिएको छ तर चोर बाटो प्रयोग गर्नेहरुको संख्या बढ्दो छ ।
।