सूचनाको शक्ति - The Power Of Information

        

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज (आइतबार) देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ प्रदेश १ र बागमती प्रदेशको एक दुई स्थानमा मेघजर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार ०८:४८