सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ को संसदिय दलको नेता चुन्न काँग्रेसमा चुनाव

बुटवल । नेपाली कांग्रेसले पाँच नम्बर प्रदेशको संसदिय दलको नेता चुन्न फागुन २६ गते चुनाव गर्ने भएको छ । संसदिय दलको नेताका लागि बलदेब शर्मा पोखरेल, बिरबहादुर राना, डिल्ली चौधरी, बिरेन्द्र कनौडिया र फकरुद्धिन खाँले उम्मेदवारी दर्ता गरेपछि चुनाव नै हुने भएको हो ।
यसअघि सोमबारका लागि चुनावको मिति तोकिएको थियो । सहमतीको आधारमा दलको नेता चयन गर्न भन्दै केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई पार्टीले खटाएको भएपनि एकले अर्कोलाई समर्थन गर्न नमानेपछि चुनावबाटै संसदिय दलको नेता चयनको प्रक्रिया अगाडि बढेको हो ।
एमाले र माओवादी केन्द्रले सर्बसम्मतीमा संसदिय दलको नेता चयन गरिसकेका छन् । पाँच नम्बर प्रदेशको प्रदेश सभाको २७ गते बैठक बस्दैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०३:३१