काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ ।
हिजो बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ शून्य पैसा रहेकोमा आज शुक्रबार भने सामान्य गिरावट आएको हो ।
राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ३७ पैसार बिक्रीमूल्य ११८ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ । यसअघि भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ शून्य पैसा रहेको थियो ।
यता, अष्ट्रेलियन डलरको भाउ पनि सामान्य घटेको छ । बिहीबार एकको खरिददर ८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको अष्ट्रेलियन डलर आज भने एकको खरिदमा ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा पर्नेछ ।
एकको खरिदमूल्य ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १९ पैसा तोकिएको सिङ्गापुरे डलरलाई आज एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १२ पैसा पर्नेछ ।
साउदी रियाल र कतारी रियाल भने हिजो बिहीबारको तुलनामा एक पैसाले मात्रै घटेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ६८ पैसा नै तोकिएको छ ।
विस्तृतमा हेर्नुस्
।