सूचनाको शक्ति - The Power Of Information

        

टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी ५ वटा स्वर्ण पदकको भिडन्त छ ।

३२ औं गृष्मकालिन ओलम्पिकमा अहिलेसम्म ३२ वटा स्वर्ण पदक जितेको चिन शिर्ष स्थानमा रहेको छ । २४ स्वर्णसहित अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको १९ स्वर्ण पदक छ ।

यसैगरी अष्ट्रेलियाको १४ स्वर्ण पदक भएको छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १३–१३ वटा स्वर्ण पदक जितेका छन् । अहिलेसम्म ५७ देशले स्वर्ण पदक जित्दा ८४ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०७:३७