सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वी नगरपालिकाको चोट्के पातलमा मानिसको कंकाल भेटियो

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–११ चोट्के पातल क्षेत्रमा आईतबार मानिसको कंकाल भेटिएको छ ।

जयपृथ्वी नगरपालिकाको चोट्के भिरतलको बाटोमा मानिसको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उक्त कंकाल सुर्मा गाउँपालिका–२ दोगडी बस्ने २८ बर्षिय धर्मराज बोहराको हुन सक्ने स्थानियले अनुमान गरेका छन ।

बोहरा साउन ५ गते घरबाट हसियाँ, कुटो आफरमा धार लगाउन भनेर गएका र हाल सम्म घर नर्फकेकाले उनको खोजिगर्ने क्रममा चोट्के पातलमा कंकाल फेला पारेको र उक्त कंकाल अरु कसैको नभएर बोहराकै हुनसक्ने धर्मराजका भिनाजु डबल बोहराले बताउनुभयो ।

धर्मराज साउन ५ गतेबाट अहिले सम्म घर नगएपछी खोजि कार्यगर्दा चोट्के पातलमा मानिसको कंकाल देखे पछी स्थानियले प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।

कंकाल संकलन गरी परिक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा लिने तयारी रहेको र कंकाल भएको ठाउँमा झोला र पानीमा लगाउने बुट भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले बताउनुभयो ।

उक्त ठाउँमा भिरको बाटो भएकाले भिरबाट खसेको अनुमान गरीएको र सत्यतथ्य अनसन्धान पछी मात्रै थाहा हुने समेत डियसी खड्काले बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १०:२६