सूचनाको शक्ति - The Power Of Information

        

मेलम्चीको भीषण बाढी: ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएको रातो पुल । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

सिन्धुपाल्चोक । शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ । बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो ।

हेलम्बु २ किउलका ४ घर गैरीबेसीमा १ घर, ग्याल्थुममा १ घर, चनौटेका १, चिउरीखर्कमा ३ घर र ढुंगे बजारमा १ घर गरी १० घर बाढीले बगाएको हो ।

बाढीले हेलम्बु गाउापालिका वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल बगाएको छ । यस्तै रातो पक्की पुल पनि बाढीले बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो ।

त्यस्तै क्युलमा रहेको पाल्चोकी माई फर्निचर उद्योग पनि बाढीले बगाएको छ । मेलम्ची खोलाले बगाई लगेको । त्यस्तै रेडियो मेलम्चीको भवन पनि बाढीले बगाएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार १०:०९