सूचनाको शक्ति - The Power Of Information

        

आज कुन-कुन खोलामा बाढी आउने ?

काठमाडौं । देशमा मनसुन भित्रिएसँगै विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

वर्षासँगै खोलानदीमा बाढीको प्रकोप आउनसक्ने हुनाले बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी सतर्कता अपनाउँदै आइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीमा बहाव सामान्य रहेको छ ।महाशाखाका अनुसार आज महाकालीमा उल्लेख्य बहाव बढ्नेछ ।

कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

कन्काई र बबईमा बहाव बढ्ने, कलमा, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती लगायतमा सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार ०९:०६