सूचनाको शक्ति - The Power Of Information

        

बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुंगल नगपालिका– २ रैसेल्लीका अन्दाजी २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुंगल झापाका सई भरत विकले जानकारी दिनुभयो ।

जाग्री केहि बर्ष देखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ ।

जाग्रीको करेसा बारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसा बारीमा काम गर्ने क्रममा करेन्ट लागेर जाग्रीको मृत्यु भएको सई विकले बताउनु भएको छ ।

साथै जाग्रीको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी समेत रहेको विकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार ०८:४६