सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालका मेसु थापासहित ७ जना सम्मानित

बाँके । कोरोना कहरमा उत्कृष्ठ सेवा प्रवाह गरेको भन्दै भेरी अस्पतालका नेपालगञ्जका मेसु, प्रमुख कन्सल्टेन्ट फिजिसियनसहित सातजना कर्मचारी वारवरा फाउन्डेसनबाट शनिबार काठमाण्डौमा सम्मानित भएका छ्न ।

भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाशबहादुर थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, प्रयोगशाला सह– इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसी सम्मानित भएका हुन ।

आयोजक संस्थाले उनीहरुलाई छनौट गरेको विधागत अनुसार चिकित्सा क्षेत्रबाट डा. पाण्डे, अस्पताल प्रशासनबाट डा. थापा, नर्सिङ क्षेत्रबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सरसफाइकर्मीबाट डीसीलाई छनौट गरी सम्मान गरेको हो ।

कोरोना महामारीको हटस्पट बनेको नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको उपचारमा अहोरात्र खटिएर काम गरेबाफत उनीहरुलाई ‘वारवरा फाउन्डेसन कोभिड– १९ विशिष्ट’ बाट सम्मानित गरिएको हो ।

कोभिड महामारीमा भेरी अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतवार ०८:३४