सूचनाको शक्ति - The Power Of Information

        

योजना आयोगका पदाधिकारीको सपथ आज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण बिहीबार बिहान हुने भएको छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका उपाध्यक्षसहितका पदाधिकारीलाई बिहीबार बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गराउने छन्।

यसअघि प्रधानमन्त्री देउवाको अध्यक्षतामा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको थियो।

त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरिएको छ। योजना आयोगको अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ।

मुलुको योजना,  नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको आयोगमा यसअघि डा. पुष्पराज कंडेल उपाध्यक्ष रहेका थिए।

तत्काली प्राधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका कंडेल ओलीको सत्ताच्यूतसँगै बाहिरिएका थिए।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०९:४५