सूचनाको शक्ति - The Power Of Information

        

एमसिसी पास गरेपछी नेपालका प्राकृतिक सम्पदा र खानी विदेशीको कब्जा हुन्छ: पुन

बझाङ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिती बझाङले ९ बुद्धे प्रेस विज्ञप्ति जारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिती बझाङको पाँचौ बैठकमा गरेका निर्णयहरुलाई प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन मार्फत बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

बुधबार पार्टी केन्द्रिय सदस्य तथा कैलाली, कन्चनपुर र डडेलधुरा जिल्ला ईन्चार्ज ओम प्रकाश पुनको आथित्यतामा आयोजित पत्रकार सम्मेलनमा जिल्लामा पार्टीको साउन १०,११ र १२ गते बसेको पाँचौ बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रगतिशिल सयुक्त सरकार, जनमत संग्रह, बैज्ञानिक समाजबाद, राजनितिलाई बहस बनाउने पार्टीले घोषणा गरेको बैज्ञानिक समाजबाद जनव्यापी बनाउने, पार्टी शुद्धिकरण र एकता, भष्टाचा, कालोबजारी, कमिसन, मुल्य बृद्धि र प्राकृतिक सम्पति दोहन लगाएतका सवाललाई जनपरिचालन गर्ने, राष्ट सम्वन्धी एमसिसिको विरोध, लिम्पियाधुरा सहितको चुच्चे नक्साको कार्यन्वयन, सिमा अतिक्रमण र राज्य संग भएको तिन बुँदे सहमति कार्यन्वयन, कोरोना खोप आम नागरिकले पाउँनु पर्ने, बाढी, पहिरो प्रभावितहरुको पुन ः स्थापना, सुकुमबासीको उचित बसोवास, कोरोनाका कारण आर्थिक संकटमा परेका नागरिलाई राहातको व्यवस्था लगाएतका ९बुँद्धे निर्णयहरु गरिएको नेपाल कम्युनिष्ट पार्टी बझाङका सचिव विराटले बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य ओम प्रकाश पुनले सरकारसंग भएका ३ बुद्धे सम्झौता कार्यन्वयनमा लैजानुपर्ने बताउदै अब जनमतमा गएर बैज्ञानिक समाजबाद मार्फत अगाडि बढ्ने बताउनुभयो ।

साथै पुनले आफुहरुको चाहाना हिंसा नभएर कृर्षि र उधोगद्वारा देश सम्बुद्ध हुने भएकाले कम्युनिष्ट पार्टीका नेता, कार्यक्रता पनि सिर्जनशिल उत्पादनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

एमसिसि लगाएत पार्टीको अन्य विषयहरुमा पत्रकार तथा संचारकर्मीहरुले राखेको प्रश्नहरुको जवाफ दिदै पुनले एमसिसी भित्र विभिन्न परियोजना रहेकाले त्यो नेपालका लागि घात रहेको र नेपालका प्राकृतिक सम्पदा, खानी विदेशीको कब्जा गर्नका लागि अमेरिकी सेना आएपछी विभिन्न भुगोल र बस्तिहरुमा बस्ने भएकाले चाइनाबाट आउने रेलबाटो समेत बन्द हुने बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:२४