सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा विश्वमा ४ लाख ७४ हजार बढीमा संक्रमण, मृतकको संख्या कति ?

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख ७४ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ४९ लाख २ हजार ४४८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ९९० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ७५ हजार ४४१ पुगेका छ ।

यसैगरी, हालसम्म विश्वमा १७ करोड ६७ लाख ८० हजार ८१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ लाख ९३ हजार ३६८ जना कोरोना मुक्त भएका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०९:१२