सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

No description available.

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०८:३९