सूचनाको शक्ति - The Power Of Information

        

भेरोसेलको अन्तिम खेप ल्याउन निगमको जहाज आज बेइजिङ जाने

काठमाडौं । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेरोसेल खोपको अन्तिम खेप ल्याउनका लागि नेपाल वायु सेवा निगमको जहाज आज( शनिवार) बेइजिङ जाने भएको छ ।

विमान राति ११ बजे उड्ने र बेइजिङबाट १० लाखभन्दा धेरै मात्रा खोप लिएर भोलि ४ बजे काठमाडौँ अवतरण गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो पटक खोप ल्याउनका लागि निगमले बेइजिङमा गरेको यो चौथो उडान हो । योसँगै नेपालले चीनसँग सरकारीस्तरमा सहमति गरी ल्याएको ४० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्नेछ ।

सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार ०९:५३