बझाङ । जिल्ला अस्पताल सिमखेतलाई विभिन्न सामाग्री सहयोेग गरेको छ ।
जयपृथ्वी नगरपालिका –७ सुवेडा घर भै हाल पढाईको शिलशिलामा जापानमा रहदै आएका दिनेश रताला जोशीले २ थान सोलार वाटर हिटर, पानी क्युरिफाइ र पिरिफिल्टर गरि ३ लाख बराबरको सामाग्रीहरु शुक्रबार एक कार्यक्रमका विच सत्यवादी उच्चमाध्यामिक विध्यालय भोपुरका पुर्व प्रधानाध्यापक तथा दिनेश रताला जोशीका बाज्या ८३ बर्षिय मदनराज जोशीले जिल्ला अस्पताल सिमखेतका निमित प्रमुख डा.एकेन्द्र खड्कालाई हस्तान्तरण गर्नु भएको हो ।
आफ्ना घरमा रहेका बाज्या, बज्यै सहितका परिवार कोरोना संक्रमण भै घरमै आइसोलेसनमा बसेर कोरोना जितेको खुसियालीमा अस्पतालमा उक्त सामाग्रीहरु सहयोग गरिएका सामाजिक अभियन्ता दिनेश रताला जोशीले बताउनुभयो ।
जोशी जापानमा भएपनि जिल्ला अस्पताललाई दिएको उक्त सामाग्रीले अस्पतालमा आउने कोरोनाका विरामी तथा अन्य विरामीहरुलाई मदत पुग्ने र उक्त सामाग्रीहरुको सहि सदुपयोग गर्ने जिल्ला अस्पतालका डा.एकेन्द्र खड्काले बताउनुभयो ।
त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले उक्त सामाग्री दिएकोमा धन्यवाद व्यक्त गर्दै मदन राज जोशी र उनकी श्रीमति रुपा जोशीलाई सम्मान स्वरुप दोसल्ला र प्रमाण पत्र प्रदान समेत गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै मदनराज जोशीले स्वास्थ्य सबै भन्दा ठुलो सम्पति भएकाले सानो सहयोग भए पनि विरामीको लागि थोरै भए पनि राहात हुने र जापानमा बसेर नातिले गरेको सहयोग आफ्नै हातले हस्तान्तरण गर्न पाउँदा खुसी लागेको समेत र आफुले पढाएका पछिल्लो समयमा बझाङ जिल्लाकै कयौ छोरा नातीहरु डाक्टर भएका र जिल्ला अस्पतालको सेवा प्रवाह पनि राम्रो रहेको बताउनुभयो ।
।