एजेन्सी । दक्षिण अफ्रिकामा जारी हिंसाका कारण २७६ जनाको मृत्यु भएको छ ।
पूर्व राष्ट्रपति ज्याकब जुमा जुल चलान भएसँगै पछिल्ला केही सातादेखि जारी हिंसामा परेर मृत्यु हुनेको संख्या अझै बढ्दै गएको छ ।
जुमाको रिहाइको माग गर्दै भएको प्रदर्शनहरु हिंसामा परिणाम भएसँगै सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
प्रदर्शनकारीहरुले चोरी, लुटपाट र आगजनी गर्न थालेपछि त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको हो ।
देशका विभिन्न भागमा भएका सरकार विरोधी प्रदर्शनहरु भएपनि आन्दोलनकारीले सरकारी तथा निजी सम्पति तोडफोड र लुटपाट गर्न थालेपनि सरकारले सेना परिचालन गरेको थियो ।
राष्ट्रपति कार्यालयका मन्त्री खुम्बुङजो नत्सावेनीले जुमा जेल चलान भएपछि हालसम्म मृत्यु भएकाहरुको संख्या सार्वजनिक गर्नुभएको हो ।
सुरक्षाकर्मीको कारवाहीमा परेर घाइते हुनेहरुको संख्या वृद्धि भइरहेको समाचारमा जनाइएको छ ।
आन्दोलनकारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपनि शान्ति सुरक्षाका लागि कारवाही तीव्र पारेको त्यहाँको सरकारले जनाएको छ ।
।