सूचनाको शक्ति - The Power Of Information

        

बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बझाङ । बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

नगरपालिका–२ गिरौँमा ट्याक्टर दुर्घटना हुँदा सोहि गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी कमल चौधरीले जानकारी दिनुभएको छ ।

मंगलबार राति ८ः०० बजेतिर कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्नेक्रममा से २ प २५६६ नम्बरको रोकेर राखेको ट्याक्टर अचानक गुडेपछी कालंगा हाइड्रोपावरमा ज्यालामजदुरी गर्दै आएका धामी च्यापिएर घाईते भएका थिए ।

घाईते धामीलाई उपचारको लागि देउलेख प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार लगिएको थियो । मंगलबार रातिनै उपचारकै क्रममा स्वास्थ्य चौकीमै धामीको मृत्यु भएको चौधरीले बताउनुभयो ।

घटना मंगलबार भएको भएपनि बुंगलमा मोबाईल नेटवर्कको समस्या हुदाँ जानकारी ढिला आएको र कन्चनपुरको झलारी घरभएका बर्ष २६ का ट्याक्टर चालक धर्मराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको समेत चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०७:५२