दाङ । दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
सोमबार साँझ टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लागेर दाङको घोराही उपमहानगरपालिका १२ हापुरेका २२ वर्षीय केशब बस्नेतको मृत्यु भएको हो ।
करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
।