सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणका कारण विश्वमा थप ६ हजार ८ सयभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६ हजार ८१२ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ लाख १२ हजार ५१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ३३८ जनाको भएको छ। सो अवधिमा रुसमा ७१९,ब्राजिलमा ६१५ र कोलम्बियामा ४४६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०७:५५