सूचनाको शक्ति - The Power Of Information

        

केन्यामा तेल ट्यांकर विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ ।

नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ ।

घाइतेहरुको उपचार भइरहेको छ ।

यसअघि सन् २००९ मा पनि केन्यामा तेल ट्यांकर दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०८:३४