सूचनाको शक्ति - The Power Of Information

        

चीनमा मंकीपक्स फैलियो, एकको मृत्यु

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।

चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो ।

केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।

चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेका छन् । यसअघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स भाइरस देखा परेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०८:३२