सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालहरूमा अक्सिजन बेडसहित, आइसियुको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अस्पतालमा अक्सिजन, आईसीयूको प्रवन्ध गर्न निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् । त्यस्तै,उनले कोरोनाको तेस्रो लहरको पूर्व–तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा बेडको व्यवस्था गर्न पनि निर्देशन दिएको प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १२:५५