सूचनाको शक्ति - The Power Of Information

        

सरकारमा जाने जसपा यादव पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ । आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि सांसद् प्रदीप यादवले भने, ‘हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ । भोलिकै संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ ।’

बैठकले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको यादवले बताए । यस्तै, अध्यक्ष महन्थ ठाकुर पक्षलाई छाडेर ५ सांसद् यादव पक्षको बैठकमा आएको सांसद् यादवले बताए । अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षमा आएका हुन् । यसअघि पार्टी नै विभाजन गरेर अध्यक्ष ठाकुर समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।

३२ सांसदमध्ये अध्यक्ष ठाकुर पक्षमा २० जना थिए भने अर्का अध्यक्ष यादव पक्षमा १२ मात्रै सांसद् थिए । अध्यक्ष ठाकुर पक्षले ५ सांसदलाई साथ छाडेपछि यादव पक्षमा १७ सांसद् पुगेका छन् । योसँगै कार्यकारिणी समिती र संसदीय दल दुवैमा अध्यक्ष यादव पक्षको बहुमत भएको छ । जसपाको आधिकारिकता टुंगोमा पुर्याउनका लागि भोलि नै निर्वाचन आयोगले दुवै समूहलाई बोलाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १७:५६