काठमाडौं । विश्वमा कोरोना सङ्क्रमितको संख्या १९ करोड नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ५५ हजार १८४ जनामा कोरोना पुष्टि भए सँगै विश्वमा कोरोना सङ्क्रमितको कुल संख्या १८ करोड ९७ लाख २ हजार १९० पुगेको छ ।
वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिले सम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमित भएका छन् ।
त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ पुगेको छ ।
त्यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिले सम्म १ करोड ९२ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साथै रुस, फ्रान्स, टर्की, र बेलायतमा ५ लाख बढिमा कोरोना पुष्टि भइसकेको छ भने, अर्जेन्टिना, कोलम्बिया र इटालीमा ४ लाख बढि कोरोना संक्रमित भएका छन् ।
२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमणबाट हालसम्म विश्वमा ४० लाख ८२ हजार ६३६ जनाको मृत्यु भएको छ ।
।