सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी

बझाङ । बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।

नगरपालिकाको वडानम्बर ९ र ११ को कार्यालय सचिव को जिम्मेवारी सम्हाल्नु भएका सचिव वपिन्द्र महत्तोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बरवडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राती चोरी भएको सचिब वडा सदस्य धनबिर बोहराको घरमा भाडामा बस्दै आउनु भएको र पैसा पनि सोही घरको कोठाबाट चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको प्रवृत्ति हेर्दा चोरीभएको भनिएपनि कोठामा तोडफोड गर्ने लगाएतको कुनै पनि क्रियाकलाप नभएको पाईएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुदाँ घटना संकास्पद देखिएको स्थानिय खडक बोहराले बताउनुभयो ।
वडा सचिव महतो सहित घरबेटीलाई सोधपुछकालागि नियन्त्रणमा लिएर प्रहरी अस्थाइ पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिह कार्किको बताउनु भयो ।

निरिक्षक कार्कीले भन्नुभयो, ‘सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफु करिब ९ बजे तिर नेट चलाउन वडाकार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताउने गरेका छन ।

उक्त घरमा सचिव लगाएत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्नको लागि राखिएको बुझ्नमा आएको छ ।

सचिव लगाएत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्नेकाम भैरहेको छ ।’ स्थानियहरुले ताला लगाएको दराजबाट पैसा सुटुक्क राती पैसा चोरी नभई मिलोमतो भएको हुन सक्ने आसंका गर्ने गरेका छन ।

यता वडाका जनप्रतिनिधिहरुलाई बुझ्न खोज्दा सम्र्पक हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १९:१६