सूचनाको शक्ति - The Power Of Information

        

एमाले संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । अध्यक्ष ओलीले भोलि ३ बजे संसदीय दलको बैठक बोलाएका छन् । पार्टीभित्र विवाद रहेको र त्यसमा समझदारी नभएसम्म कुनै पनि बैठकमा नजाने नेपाल पक्षका संसद विरोध खतिवडाले बताए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । नेपाल पक्षका सांसदलाई पनि संसदीय दलको बैठकको सूचना दिइएको अध्यक्ष ओली निकट स्रोतले जनाएको छ । बैठक संसद भवनको लोत्से हलमा बस्ने जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १७:३५