बाँके । श्रीमान विदेश भएका बेला छ वर्षिय छोरालाई छाडेर एक महिला बेपत्ता भएकी छन् । माघ २१ गतेदेखि हराएकी बाँके बैजनाथ गाउँपालिका–५ की २५ वर्षिया दिपा रिजाल बेपत्ता भएकी हुन् । उनी कहाँ र कुन अवस्था छिन् भन्ने बिषयमा अत्तोपत्तो नभएपछि परिवारमा चिन्ता छाएको छ । परिवारमा रुवावासी चलेको छ ।
कोहलपुरमा औषधि किन्न जान्छु भनेर घरबाट निस्किएकी रिजाल त्यही दिनदेखि घर नआएको परिवारिक स्रोतले बताएको छ । उनी कोहलपुर जान्छु भनेर कोहलपुर आएलगत्तै मोवाइलको स्वीच अफ भएको छ । छोरा स्कुलबाट आएपछि खै मामु भनेपछि आफन्तले आमाको मोवाइलमा फोन सम्पर्क गरेपछि स्वच अफ भएको मोवाइलमा अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।
त्यसको भोलीपल्टसम्म पनि नआएपछि आफन्तले खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएका छन् । तर प्रहरीले अहिलेसम्म उनको खोजी गर्न सकेको छैन । माइती रहेको भुरीगाउँ लगायत आफन्तको घरमा खोजी गर्दासमेत कतै नभेटिएपछि परिवारमा चिन्ता छाएको छ । छोरा रोइरहेको छ । उनका श्रीमान विष्णु तीन वर्षअघि विदेश गएका थिए । उनी आइसकेका छन् । घरको मुली भएर परिवार चलाउने दिपा के कारणले बेपत्ता भइन् भन्नेसमेत थाहा छैन ।
।